काठमाण्डौ । होटल एलिस द वन्डर लिमिटेडले विेशष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रदको अजेण्डासहित विशष साधारण सभा डाकेको हो ।
कम्पनीको सभा आगामी असार १९ गते बुधबारका दिन नयाँ बानेश्वरमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाजिम हाल कायम रहेको कम्पनीको चुक्तापूँजी ९ करोड रुपैयाँबराबरको १३.५ प्रतिशत अर्थात १०० सेयर कित्ताबराबर १३.५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै हकप्रद सेयरपश्चात कम्पनीको पूँजी वृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।