काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ प्रशोचनको गर्ने भएको छ । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत माघ १६ गते दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी फागुन १ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले धमाधम निक्षेप तानिरहेको छ ।