बुधबार, आश्विन १४,२०८३ 02:06:11
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:06:11
Bizshala
Global IME Bank Limited

सडकका सेलिब्रेटीः चिया बेचेरै लाखौ कमाउँदै, कति छ कुल नेटवर्थ ?

Bizshala
सडकका सेलिब्रेटीः चिया बेचेरै लाखौ कमाउँदै, कति छ  कुल नेटवर्थ ?
New Office

काठमाण्डौ । सानो लगानी गरेर मनग्य आम्दानी गर्न सकिने विभिन्न व्यवसायहरु छन् । फरक तरिकाले काम गर्न सकियो भने यस्ता व्यवसायहरुबाट जिविकोपार्जन मात्रै नभई रानम्रो आम्दानी समेत गर्न सकिन्छ । यस्तै एक उदाहरण छिमेकी देश भारतमा देख्न सकिन्छ । फरक अन्दाजमा चिया बेच्ने‘डलि चायवाला’भारतमा मात्रै नभई विश्वभर परिचित छन् । चिया बनाउने र बेच्ने फरक अन्दाज, ग्राहकहरुसँगको रोचक संवाद र सामाजिक सञ्जालमा हुने चर्चाका कारण उनको मा चिया पिउन आउने लामो लाइन नै लाग्ने गर्छ ।  

डलि चायवाला भारतको नागपुरको सडकमा सानो ढावा खडा गरेर चिया बेच्ने गर्छन । उनी गत १६ वर्षदेखि सडकपेटीमा चिया  बिक्री गर्दै आईरहेका छन् । केहि महिनाअघि मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका अमेरिकी धनाढ्य बिल गेट्स उनकोमा चिया पिउन गएपछि भने उनको चर्चा झनै चुलिएको छ । बिल गेट्सले पोष्ट गरेको डलि चायवालासँगको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो ।  

उनको चिया पसलमा भिडियो बनाउन आउने फूड ब्लगर्सहरुको ठूले भिड लाग्ने गर्छ । उनको पसलमा आम सर्वसाधारण मात्रै नभई भारतका ठूला–ठूला हस्तिहरु समेत चियाको चुस्की लिन पुग्छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हालै भने डलि चायवाला मालदिभ्स्को समुन्द्र किनारमा चिया बेच्दै गरेको देखिएका थिए । आम्दानीको हिसाबमा उनले भारतका सेलिब्रेटीहरुलाई समेत पछि पारिरहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनले एक दिनमा करिब ५ सय कप चिया बिक्री गर्ने गर्छन ।  

डलिचायवालाको बढ्दो चर्चासँगै अब उनले स्पोनरशिप समेत पाउन थालेका छन् । उनलाई प्रडक्ट प्रमोशनका लागि समेत बोलाउन थालिएको छ । मिडिया रिपोर्टका अनुसार उनले चिया बिक्री गरेर दैनिक ३ देखि ४ हजार भारुसम्म आर्जन गर्ने गरेका छन् ।  

कति छ नेटवर्थ ?

डलि चायवाला प्रत्येक दिन बिहान ६ बजेदेखि राती ९ बजेसम्म चिया बिक्री गर्छन । उनले बिक्री गर्ने एक कप चियाको मूल्य ७ भारुबाट सुरु हुने गर्छ । उनले सामाजिक सञ्जाल प्लेटफर्मबाट समेत हजारौं रुपैयाँ कमाईरहेका छन् । उनको कुल नेटवर्थ १० लाख भारुबराबर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । -एजेन्सी   

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.