सोमबार, असार २,२०८२ 11:18:16
  • सोमबार, असार २,२०८२ 11:18:16
Global IME Bank Limited

सडकका सेलिब्रेटीः चिया बेचेरै लाखौ कमाउँदै, कति छ कुल नेटवर्थ ?

Hyundai Nepal
सडकका सेलिब्रेटीः चिया बेचेरै लाखौ कमाउँदै, कति छ  कुल नेटवर्थ ?
Nabil Bank Limited

काठमाण्डौ । सानो लगानी गरेर मनग्य आम्दानी गर्न सकिने विभिन्न व्यवसायहरु छन् । फरक तरिकाले काम गर्न सकियो भने यस्ता व्यवसायहरुबाट जिविकोपार्जन मात्रै नभई रानम्रो आम्दानी समेत गर्न सकिन्छ । यस्तै एक उदाहरण छिमेकी देश भारतमा देख्न सकिन्छ । फरक अन्दाजमा चिया बेच्ने‘डलि चायवाला’भारतमा मात्रै नभई विश्वभर परिचित छन् । चिया बनाउने र बेच्ने फरक अन्दाज, ग्राहकहरुसँगको रोचक संवाद र सामाजिक सञ्जालमा हुने चर्चाका कारण उनको मा चिया पिउन आउने लामो लाइन नै लाग्ने गर्छ ।  

डलि चायवाला भारतको नागपुरको सडकमा सानो ढावा खडा गरेर चिया बेच्ने गर्छन । उनी गत १६ वर्षदेखि सडकपेटीमा चिया  बिक्री गर्दै आईरहेका छन् । केहि महिनाअघि मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको छोराको प्रि वेईडिङ समारोहमा सहभागी हुन भारत आएका अमेरिकी धनाढ्य बिल गेट्स उनकोमा चिया पिउन गएपछि भने उनको चर्चा झनै चुलिएको छ । बिल गेट्सले पोष्ट गरेको डलि चायवालासँगको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो ।  

उनको चिया पसलमा भिडियो बनाउन आउने फूड ब्लगर्सहरुको ठूले भिड लाग्ने गर्छ । उनको पसलमा आम सर्वसाधारण मात्रै नभई भारतका ठूला–ठूला हस्तिहरु समेत चियाको चुस्की लिन पुग्छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालै भने डलि चायवाला मालदिभ्स्को समुन्द्र किनारमा चिया बेच्दै गरेको देखिएका थिए । आम्दानीको हिसाबमा उनले भारतका सेलिब्रेटीहरुलाई समेत पछि पारिरहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनले एक दिनमा करिब ५ सय कप चिया बिक्री गर्ने गर्छन ।  

डलिचायवालाको बढ्दो चर्चासँगै अब उनले स्पोनरशिप समेत पाउन थालेका छन् । उनलाई प्रडक्ट प्रमोशनका लागि समेत बोलाउन थालिएको छ । मिडिया रिपोर्टका अनुसार उनले चिया बिक्री गरेर दैनिक ३ देखि ४ हजार भारुसम्म आर्जन गर्ने गरेका छन् ।  

कति छ नेटवर्थ ?

डलि चायवाला प्रत्येक दिन बिहान ६ बजेदेखि राती ९ बजेसम्म चिया बिक्री गर्छन । उनले बिक्री गर्ने एक कप चियाको मूल्य ७ भारुबाट सुरु हुने गर्छ । उनले सामाजिक सञ्जाल प्लेटफर्मबाट समेत हजारौं रुपैयाँ कमाईरहेका छन् । उनको कुल नेटवर्थ १० लाख भारुबराबर रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । -एजेन्सी   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.