काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.९५ रुपैयाँ र बिक्रीदर १४३.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०३ रुपैयाँ र बिक्रीदर १६९.७९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०८ रुपैयाँ र बिक्रीदर ८८.४७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४६ रुपैयाँ र बिक्रीदर ८.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३८ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२७ रुपैयाँ र बिक्रीदर २८.३९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.८३ रुपैयाँ र बिक्रीदर ४३६.७८ रुपैयाँ कायम भएको छ ।