काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१६ रुपैयाँ र बिक्रीदर १३३.७६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९३ रुपैयाँ र बिक्रीदर १६९.६९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०७ रुपैयाँ र बिक्रीदर ८८.४७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४२ रुपैयाँ र बिक्रीदर ८.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३५ रुपैयाँ र बिक्रीदर १८.४३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२५ रुपैयाँ र बिक्रीदर २८.३८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५२ रुपैयाँ र बिक्रीदर ३६.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.०३ रुपैयाँ र बिक्रीदर ४३५.९८ रुपैयाँ कायम भएको छ ।