सोमबार, असार २,२०८२ 02:01:47
  • सोमबार, असार २,२०८२ 02:01:47
Global IME Bank Limited

माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी,बजार पूँजीकरणमा उछाल

Hyundai Nepal
माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी,बजार पूँजीकरणमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । एआई चिप निर्माता कम्पनी एनभिडिया विश्वकै मूल्यवान कम्पनी बनेको छ । कम्पनीले अमेरिकी दिग्गज प्राविधिक कम्पनी माइक्रोसफ्टलाई उछिन्दै यो उपलब्धि हासिल गरेको हो ।  

मंगलबार कम्पनीको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यससँगै कम्पनीले बजार पूँजीकरणको मामिलामा माइक्रोसफ्टलाई पछि  पारेको हो । माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर रहेको छ ।  

मंगलबार एनभिडियाको सेयरमूल्य ३.५ प्रतिशतले वृद्धि भएको थियो । उता माइक्रोसफ्टको सेयरमूल्य भने ०.५ प्रतिशत र आइफोन निर्माता कम्पनी एप्पलको सेयरमूल्य १.१ प्रतिशतले घटेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनभिडिया केहि समयअघि ३ ट्रिलियन बजार पूँजीकरण भएको कम्पनीको सूचीमा उक्लेको थियो । विगत डेढ वर्षदेखि कम्पनीको सेयरमूल्यमा व्यापक उछाल आईरहेको छ । सन् २०२३ मा कम्पनीको सेयरमूल्य १७४ प्रतिशतले वृद्धि भएको थियो । गत वर्ष अमेरिकी सेयर बजारमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनीको रुपमा एनभिडिया रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.