काठमाण्डौ । पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंक लिमीटेडका तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्रबाबु बिष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत र एक्स–रे, यूएसजी, इसीजी, इकोमा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने बताइएको छ ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।