काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२४ रुपैयाँ र बिक्रीदर १३३.८४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.२३ रुपैयाँ र बिक्रीदर १४३.८८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.६१ रुपैयाँ र बिक्रीदर १७०.३७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.८८ रुपैयाँ र बिक्रीदर ८९.२८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४४ रुपैयाँ र बिक्रीदर ८.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.६५ रुपैयाँ र बिक्रीदर ४३६.६१ रुपैयाँ कायम भएको छ ।