काठमाण्डौ । अमेरिकी दुई मुख्य विमान कम्पनीले बोइङ ७३७ म्याक्सको इन्जिनमा चरा ठोकियो भने प्यासेन्जर क्याबिनमा धुँवा प्रवेश गर्न सक्ने चेतावनी दिएका छन् । साउथवेष्ट एयरलाइन्स र अमेरिकन एयरलाइन्सले आफ्ना पाइलटहरुलाई यस्तो चेतावनी दिएका हुन् ।
अमेरिकन एयरलाइन्सले आफ्ना पाइलटलाइै चेतावनी जारी गर्दै भनेको छ,‘चरा ठोकिएपछि बोइङले सीएफएम लिप–१बी इन्जिन फेल भएको रिपोर्ट प्राप्त गरेको छ ।’
यस्तै साउथवेष्ट एयरलाइन्सले पनि चराको ठोकाइबाट इन्धन बल्न सक्ने र त्यसबाट उत्पन्न हुने धुँवा एसी प्रणालीबाट प्यासेन्जर क्याबिनमा आउने सक्ने चेतावनी दिएको छ ।
तर इन्जिन निर्माता सीएफएम इन्टरनेशनलले भने आफ्नो इन्जिनले चरासँगको ठोकाइविरुद्धको आवश्यक मापदण्ड पुरा गरेको र इन्जिनहरुलाई यस्तै विशेष घटनाका लागि डिजाइन गरिएको दाबी गरेको छ ।
अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले इन्जिनसँग चरा ठोकिएको घटनाका बारेमा बोइङसँगको सिहकार्यमा निरन्तर अनुसन्धान भईरहेको जनाएको छ । -एजेन्सी