काठमाण्डौ । नेपाल बैंकर्स संघ र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय केसीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः आर्थिक तथा वित्तीय बिषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारितअनुसन्धान मार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडी बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरुको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिइएको छ ।
साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न इन्ट्रनसिप अवसरको लागि पनि सहकार्य गरिने जनाइएको छ ।
यस सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरूआदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रकोविकासको लागि थप सहयोगी भुमिका निभाउने विश्वास लिइएको छ ।