काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)को संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकले एनसीएचएलको ३० हजार कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र प्राप्त क, ख र ग वर्ग)ले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।
सेयको न्यूनतम मूल्य प्रति सेयर ७०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न इच्छुृकले न्यूनतम मूल्यमा नघटाई आगामी असार १२ गतेसम्म प्रति कित्ता के कति दररेटमा लिन कबुल गर्ने हो उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्युनतम ३० हजार कित्ताको लागि आबेदन दिनु पर्नेछ । बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।