काठमाण्डौ । लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन उर्जा कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिदै लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुन सुचारु गरेको हो ।
सेबोनले आज असार ७ गते हिमालयन उर्जा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको हो । नियामक निकायबाट अनुमति पाएसँगै अब कम्पनीले ९९ करोड रुपैयाँबराबरको रु १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत असार ३१ गते सेबोनमा आवेदन दिएको थियोृ । यसरी कम्पनीले अनुमति माग गरेको लगभग एक वर्षपछि हकप्रद निष्कासनका लागि स्वीकृती पाएको छ ।
कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएपछि धितोपत्र निष्कासनेको अनुमति प्रक्रिया रोकिएको थियो ।