काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५१ रुपैयाँ र बिक्रीदर १६९.२७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.८० रुपैयाँ र बिक्रीदर ८९.२० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.३९ रुपैयाँ र बिक्रीदर ८.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३० रुपैयाँ र बिक्रीदर २८.४२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५८ रुपैयाँ र बिक्रीदर ३६.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.६२ रुपैयाँ र बिक्रीदर ४३६.५७ रुपैयाँ कायम भएको छ ।