काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३३.९६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.६० रुपैयाँ र बिक्रीदर १४३.२४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६५ रुपैयाँ र बिक्रीदर १६९.४१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५६ रुपैयाँ र बिक्रीदर ८८.९६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.३५ रुपैयाँ र बिक्रीदर ८.३८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३१ रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३० रुपैयाँ र बिक्रीदर २८.४२ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५८ रुपैयाँ र बिक्रीदर ३६.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.५४ रुपैयाँ र बिक्रीदर ४३६.४९ रुपैयाँ कायम भएको छ ।