मंगलवार, भाद्र २,२०८३ 04:43:27
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 04:43:27
Bizshala
Global IME Bank Limited

गूडविल फाइनान्सको सेयर भाउ ओभर बट जोनमा, कस्तो रहला आगामी यात्रा ?

गूडविल फाइनान्सको सेयर भाउ ओभर बट जोनमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । गूडविल फाइनान्स नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरु मध्येको एक हो । यो नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतप्राप्त राष्ट्रिय स्तरको संस्था हो । यो कम्पनीको स्थापना वित्तीय कम्पनी ऐन २०४२,अनुसार विस २०५१ सालमा भएको थियो । कम्पनीका उपत्यकाभित्र र बाहिर गरेर १५ वटा शाखा रहेका छन् ।  

आधारभुत पक्षः

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्ता पूँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम २४ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ ३९ करोड ५७ लाख रुपैयाँले नकरात्मक रहेको छ ।  

त्यसैगरि, कम्पनीको जगेडा कोषको आकार ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी १ अर्ब ३७ करोड रहेको छ भने खूद मूनाफा ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा पनि ३९ करोड ५६ लाख रुपैयाँ नकारात्मक  रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.१९ रुपैयाँ नकारात्मक रहेको छ भने रिर्टन अन इक्विटी ८.३६ प्रतिशत नकरात्मक रहेको छ । कम्पनीको खराब कर्जा अनुपात ८.३६ प्रतिशत रहेको छ ।  

Bizshala
CG Motors

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर भाउ हाल ८५ को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ६१४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३१४ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत  संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको दोस्रो बजार मूल्य प्रतिकित्ता ६१४ रुपैयाँ रहेको छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयरमूल्य हाल अपर ब्याण्डसँग–सँगै हिडेको छ । आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । योसँगै आरएसआई ओभरबट जोन ८० को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटबाट नियाल्दा यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । तर आरएसआई ओभरबट जोनमा पुगेको कारण अल्पकालमा भने करेक्नस आउन सक्छ ।  

पिभट् प्वइन्ट

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –७३२

प्रतिरोध २ –६४८

प्रतिरोध १– ५४२

पिभट प्वइन्टः ४५८

घटेमा सपोर्ट  

सपोर्ट १– ३५२

सपोर्ट २– २६८

सपोर्ट  ३ –१६२

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा वित्तिय रुपमा भने निकै कमजोर रहेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी, रिर्टन अन इक्विटी र वितरणयोग्य मुनाफा नकारात्मक रहेको छ । यद्यपी कम्पनीको बुक भ्यालु भने सन्तोषजनक अर्थात १४५ रुपैयाँ रहेको छ ।  

कम्पनीको खराब कर्जा ६.४८ प्रतिशत रहेको छ । प्राविधिक रुपमा यो कम्पनीलाई विभिन्न इन्डिकेटरमार्फत नियाल्दा फिएर एण्ड ग्रिड मिटरमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ । यसले कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो गतिमा रहेको भन्ने बुझिन्छ । यद्यपी कम्पनीको आरएसआईबाट नियाल्दा भने हाल ओभर बट जोन ८० नजिक पुगेकोले आगामी कारोबारमा अल्पकालिन करेक्नस आउँन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.