काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । इन्ट्रा डे कारोबारमा आज भारतको सेन्सेक्स इन्डेक्स ७८ हजार १६ विन्दु र निफ्टी इन्डेक्स २३ हजार ७१० विन्दुमा प्ुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।
आज भारतको सेयर बजारमा बैंकिङ समूहको सेयरमूल्यमा उछाल आएको छ । आज आईसीएफसी बैंक,एचडीएफसी बैंक र एसबीआई बैंकको सेयरमूल्यमा तीव्रता आएको छ । मेटल अटो र उर्जा कम्पनीको सेयरमूल्यमा भने आज गिरावट आएको छ ।
बैंकहरुको सेयरमूल्यमा आएको उछालले समग्र बजारलाई उकासिरहेको भारतीय मिडियाले बताएका छन् । अघिल्लो दिन भारतीय सेयर बजार बढेको थियो ।
आज जापानको सेयर बजार निक्की पनि ०.६८ प्रतिशतले बढेको छ । त्यस्तै दक्षिण कोरियाको कोप्सी ०.४३ र हङकङको ह्याङ सेङ इनडेक्स पनि ०.४५ प्रतिशतले वृद्धि भएको छ ।