काठमाण्डौ । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।
सो समारोहमा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धी क्यान्सरका डा.प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धी क्यान्सर की डा.अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता थियो ।