काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४२ रुपैयाँ र बिक्रीदर १३४.०२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६४ रुपैयाँ र बिक्रीदर १६९.४० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.७६ रुपैयाँ र बिक्रीदर ८९.१६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.३२ रुपैयाँ र बिक्रीदर ८.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.६० रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५८ रुपैयाँ र बिक्रीदर ९.६ २ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.८८ रुपैयाँ र बिक्रीदर ४३६.८३ रुपैयाँ कायम भएको छ ।