काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिजय बहादुर शाह बर्खास्त भएका छन् । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई पदबाट हटाउने निर्णय गरेको हो ।
शाहलाई असार १३ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ । शाह विस २०७८ फागुन १ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए ।
यसका साथै सोही बैठकले कम्पनकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।