बिहीबार, श्रावण १४,२०८३ 11:55:32
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:55:32
Bizshala
Global IME Bank Limited

छिमेकी देशको सेयर बजारमा दैनिक उछाल, नेपालका लगानीकर्ताको भने पुर्पुरोमा हात

छिमेकी देशको सेयर बजारमा दैनिक उछाल, नेपालका लगानीकर्ताको भने पुर्पुरोमा हात
New Office

काठमाण्डौ । कोभिड महामारीपश्चात् विश्वका सेयर बजारहरुमा उछाल आईरहेको छ । नेपालको सेयर बजारमा पनि त्यसको प्रभाव देखिएको थियो । तर नेपालको सेयर बजारमा भने त्यसबेला बढोत्तरी लामो समय टिक्न सकेन । अहिले समुन्द्र पारीका देशमा मात्रै होइन नेपालका छिमकी देशहरुको सेयर बजारमा पनि दैनिक उछाल आईरहेको छ ।  

यसरी छिमेकी देशहरुको सेयर बजारमा दैनिक उछाल आइरहदा नेपालका लगानीकर्ताहरुले टुलु टुलु हेर्न बाध्य बनेका छन् । नेपालको सेयर बजार अधोगतिमा लागिरहेको अवस्थामा विश्व तथा छिमेकी देशका  सेयर बजार बढुनु नेपाली लगानीकर्ताका लागि ‘आकाशको फल आँखा तरि मर’ जस्तै भएको ब्रोकर हाउसमा र्भटिएका एक लगानीकर्ताले बताए । ‘न त भारतमा गएर लगानी गर्न सकिन्छ न त नेपालको सेयर बजार बढ्छ,’ उनले निराश हुँदै भने,‘अब त देश नै छोडेर हिडांै जस्तो जंग पनि चल्छ घरिघरि ।’  

पछिल्लोपटक विशेष गरेर भारतको सेयर बजारमा दैनिकजसो उछाल आईरहेको छ । लोकसभा चुनावको समयमा केही धर्मराएको भारतको सेयर निर्वाचनको मतपरिणाम पछि भने रकेटको गतिमा बढी रहेको छ । भारतको बम्बे स्टक एक्सचेञ्ज(बीएसइ) कोभिड पछि तीन गुणा बढीसकेको छ । सन् २०२० मा २६ हजार विन्दु आसपास रहेको सेन्सेक्स इन्डेक्स हाल करिब ८० हजार विन्दु नजिक पुगेको छ ।  

त्यस्तै कोभिडको समयमा १० हजार विन्दु रहेको बेञ्चमार्क इन्डेक्स निफ्टी५० पनि २४ हजार विन्दुमाथि पुगेको छ । उता पाकिस्तानको स्टक एक्सचेञ्ज, कँराची स्टक एक्सचेन्ज पनि गएको कोभिडको समयमा २९ हजारको विन्दुमा थियो । तर यतिबेला कराँची स्टक एक्सचेञ्ज ७८ हजार विन्दुमाथि पुगेको छ ।  

भुटानको रोयर सेक्युरिटिज स्टक एक्सचेञ्ज पनि अल टाइम हाइ पुगेको छ । यहाँको इन्डेक्स यतिबेला १६ सय विन्दु नजिक रहेको छ ।  

तर ३२ सयको उच्च विन्दु चुमेको नेपालको सेयर बजार भने त्यहाँबाट निरन्तर तल खसिरकेको छ । हाल नेप्से लामो समयदेखि १८ सय देखि २२ सयको विन्दुमा नै रुमल्लिरहेको छ । यसरी नेपालको सेयर बजार लामो समय देखि साइडवजेमा चल्नुमा भने लगानीकर्ताहरुले सरकार र नियामक निकाएको पूँजी बजारप्रतिको उपेक्षा नै प्रमुख कारण रहेको बजारसम्बन्धी विज्ञले बताएका छन् । सक्रिय लगानीकर्ता गोबिन्द प्रसाद घिमिरेले नेपाल राष्ट्र बैंकले नीतिमा कडाइ गर्दा नै नेपालको सेयर बजार माथि जान नसकेको बताउँछन् । घिमिरे भन्छन्, ‘हाम्रो बजार नीतिले च्यापेको बजार हो । राष्ट्र बैंकले नीतिमा पुनराबोलकन गर्नुको विकल्प छैन ।’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.