काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२४ रुपैयाँ र बिक्रीदर १३३.८४ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.५७ रुपैयाँ र बिक्रीदर १४३.२२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५४ रुपैयाँ र बिक्रीदर १६९.२९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६७ रुपैयाँ र बिक्रीदर ८९.०७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.३० रुपैयाँ र बिक्रीदर ८.३४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२३ रुपैयाँ र बिक्रीदर २८.३६ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.४३ रुपैयाँ र बिक्रीदर ४३६.३९ रुपैयाँ कायम भएको छ ।