सोमबार, मंसिर ८,२०८२ 11:33:55
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:33:55
IME remit
Global IME Bank Limited

हालसम्मकै उच्च विन्दुमा पुग्यो भारतको सेयर बजार, बजेटअघि नै ८० हजार विन्दु छुने आँकलन

Hyundai Nepal
हालसम्मकै उच्च विन्दुमा पुग्यो भारतको सेयर बजार, बजेटअघि नै ८० हजार विन्दु छुने आँकलन
Shivam Cement

काठमाण्डौ । भारतको सेयर बजारले दैनिक रुपमा नयाँ उचाई छुने क्रम आज पनि जारी राखेको छ । आज भारतको सेन्सेक्स इन्डेक्स र निफ्टी५० ले पुनःनयाँ उचाई हासिल गरेका छन् ।  

यससँगै सेन्सेक्स इन्डेक्स ८० हजार विन्दुको नजिक पुगेको छ । यदि यो बढाई जारी रह्यो भने आगामी बजेटअघि नै सेन्सेक्स इनडेक्स ८० हजारको विन्दुमा पुग्न सक्ने देखिएको छ ।  

बिहिबार सेन्सेक्स इनडेक्स ७९ हजार २४३.१८ विन्दुमा बन्द भएको थियो । आजको सुरुवाति कारोबारसँगै बढ्न सुरु गरेको सेन्सेक्स इन्डेक्स बढेर ७९ हजार ६७१ विन्दुसम्म पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो ।  

CG Motors
New Office
Garima Development Bank

भारतमा नयाँ सरकारको गठनसँगै सेयर बजारमा दैनिकजसो उछाल आईरहेको छ । भारतमा आगामी जुलाईमा बजेट पेश हुँदैछ । भारतीय सेयर बजारका जानकारले त्यहाँको सेयरबजार इन्डेक्सले बजेटअघि नै ८० बजारको विन्दु छुने आँकलन गरेका छन् ।  

सेन्सेक्स जस्तै अर्को इन्डेक्स निफ्टी५० पनि तीव्र गतिमा बढिरहेको छ । निफ्टीले पनि पहिलोपटक २४ हजार विन्दुको आँकडा पार गरेको छ । आज निफ्टी बढेर २४ हजार १७४ को विन्दुसम्म पुगेको छ । जुन हालसम्मकै उच्च हो ।    

 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.