सोमबार, असार २,२०८२ 02:09:30
  • सोमबार, असार २,२०८२ 02:09:30
Global IME Bank Limited

भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

Hyundai Nepal
भुगर्भ सिमेन्टले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
Nabil Bank Limited

काठमाण्डौ । भुगर्भ सिमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाण्डौं स्थित भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारण (उद्योग प्रभावित क्षेत्र, नेपाल सरकारको स्वीकृती लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीको २० प्रतिशतका दरले आईपीओ निष्कासन गर्ने भएको हो ।  

कम्पनीले प्रति सेयर अंकित मूल्य रु.१०० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नको लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबीच असार १३ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

यो कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७३ मंसिर १५ गते प्रालिको रुपमा विधिवत दर्ता गई २०८० असार ७ गते पब्लिक कम्पनीका रुपमा परिणत भएको थियो । कम्पनीले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–०६,मा सिमेन्ट कारखाना तथा नरपानी/खाँचीकोट, अर्घाखाँची जिल्लामा खानी सञ्चालन गर्दै आएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्घाखाँची जिल्लाको नरपानी र खााचीकोटमा रहेको खानी नेपाल सरकारले नै ग्लोबल टेण्डर मार्फत बिक्री गरेको उत्कृष्ट चूनढुङ्गा खानी करीव ८ वर्ग किमी मा फैलिएको छ । कारखानाबाट खानीको दुरी करीव ७५ किमी रहेको र  आईइइ ्रतिवेदन अनुसार दैनिक करीब ३ हजार २०० टनका दरले वार्षिक ९ लाख ६० हजार मेट्रिक टन उत्खनन् क्षमता रहनुका साथै उक्त क्षेत्रमा चूनढुङ्गाको भौगर्भिक संचिती १  करोड ७८ लाख ९८ हजार १०० मेट्रिक टन र माइनएवल १ करोड ६१ लाख ८ हजार ३०० मेट्रिक टन रहेको छ । कपिलवस्तु जिल्लाको शिवराज ६ मा करिब ११ विघा जग्गामा उद्योगले आफ्नो उत्पादन गर्दै आएको छ ।  

यस कम्पनीले ओपिसी (भुगर्भ सिमेन्ट) तथा पिपिसी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्ने कार्य गर्दै आएको छ । यस कम्पनीको वार्षिक उत्पादन क्षमता ६० हजार मेट्रिक टन ओपिसी सिमेन्ट तथा १ लाख ५० हजार मेट्रिक टन पिपिसी सिमेन्ट रहेको छ । यस कम्पनीको बजार क्षेत्र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाण्डौं उपत्यकामा रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.