मंगलवार, माघ १,२०८१ 06:19:17
IME remit
  • मंगलवार, माघ १,२०८१ 06:19:17
IME remit
Global IME Bank Limited

वारेन बफेटले गरे ५.३ बिलियन डलर मूल्यबराबरको सेयर दान, मृत्युपश्चात सबै सम्पत्ति परोपकारमा खर्चिने

Hyundai Nepal
वारेन बफेटले गरे ५.३ बिलियन डलर मूल्यबराबरको सेयर दान, मृत्युपश्चात सबै सम्पत्ति परोपकारमा खर्चिने
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजारका‘बाहशाह’ उपनामले परिचित तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान गरेका छन् । बफेटले बर्कशायर हाथवेको ५.३ बिलियन डलरबराबरको सेयर ५ वटा च्यारिटीलाई प्रदान गरेका हुन् ।  

आगामी अगस्टमा ९४ वर्ष पुग्न लागेका बफेटले ‘ए’ क्लासको ८ हजार ६७४ कित्तालाई परिवर्तन गरेर १३ लाख कित्ता ‘बी’ क्लासको सेयर दान गर्ने घोषणा गरेका हुन् ।  

जसमध्ये ९ लाख ९३ हजार कित्ता सेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई प्रदान गरिएको छ भने बाँकी रहेको सेयर सुसन थोमशन बफेट फाउन्डेशन र बफेटका सन्तान हावर्ड,सुसन र पिटर बफेटले सञ्चालन गरिरहेको च्यारिटलाई दान गरिएको छ ।  

बफेटले सन् २००६ देखि ५ वटा च्यारिटीलाई दान गर्दै आईरहेका छन् । दानपश्चात बर्कशायर हाथवेमा अब बफेटको १३० बिलियन डलरबराबरको २ लाख ७ हजार ९६३ कित्ता ‘ए’ श्रेणीको सेयर र २ हजार ५८६ कित्ता ‘बी’श्रेणीको सेयर स्वामित्व रहेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

बफेटले वाल स्ट्रिट जर्नललाई दिएको अन्तवार्तामा आफ्नो मृत्युपश्चात आफुले खडाको साम्राज्य आफ्ना सन्तानहरुले सम्हाल्ने र सबै च्यारिटीमा दान गरिने बताएका छन् । ‘यो संसारमा ८ बिलियन मानिसहरु छन् र म र मेरा सन्तानहरु विश्वका १ प्रतिशत भाग्मानीभित्र १०० औं मा पछौं । आम मानिसहरुलाई सहयोग गर्ने धेरै तरिकाहरु छन्,’ बफेटले भने ।    

मृत्युपश्चात बफेटको ९९ प्रतिशत सम्पत्ति च्यारिटीमा खर्च गरिनेछ । बफेटले आफ्नो मृत्युपश्चात बिल एण्ड मेलिना गेट्स फाउन्डेशनले आफ्नो मृत्युपश्चात  कुनै पनि च्यारिटी प्राप्त नगर्ने बताएका छन् । बलि गेट्स र मेलिनाको डिभोर्सपछि बफेटले सन् २०२१ को जुनमा गेट्स फाउन्डेशनको ट्रस्टीबाट राजीनामा दिएका थिए ।  

बफेटले आफ्नो मत्युपश्चात आफूले आर्जन गरेको सबै सम्पत्तिका बारेमा विवरणहरु सार्वजनिक गरिने समेत बताए ।  -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.