काठमाण्डौ रिडी पावर कम्पनी लिमिटेडका अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले यसअघिका अध्यक्ष सञ्जिब न्यौपानेले आफ्नो कार्य व्यवस्तताको कारण देखाउँदै दिएका राजीनामा स्वीकृत गरेको छ । वैठकले सन्तोष अधिकारीले कम्पनी सचिव पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।