काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१२ रुपैयाँ र बिक्रीदर १३३.७२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४२.६४ रुपैयाँ र बिक्रीदर १४३.२८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.३२ रुपैयाँ र बिक्रीदर १६९.०८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.७६ रुपैयाँ र बिक्रीदर ८९.१६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२८ रुपैयाँ र बिक्रीदर ८.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२४ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३२ रुपैयाँ र बिक्रीदर १८.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२२ रुपैयाँ र बिक्रीदर २८.३५ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.९८ रुपैयाँ र बिक्रीदर ४३५.९४ रुपैयाँ कायम भएको छ ।