काठमाण्डौ । यात्री सुइट्स एण्ड स्पा प्रालिले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
ठमेलमा अवस्थित यस होटलको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरणलगायत सर्वसाधारणलाई सेयर निष्काशन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।
नेपालको राजधानी काठमाण्डौको मूख्य पर्यटकिय स्थल ठमेलमा स्थापित एवं सञ्चालित यस होटल निकट भविष्यमा नै ४ तारे होटलमा रुपान्तरण हुने समेत कम्पनीले जनाएको छ । २.५ रापनी क्षेत्रफल भएको आफ्नै जग्गामा सञ्चालित यस होटलमा सुविधा सम्पन्न ९९ कोठा, ३ रेष्टुरेन्ट, १ स्पा र ८ सेमिनार हलहरू रहेका छन ।
होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न ४ तारे होटलको रुपमा रुपान्तरण गरी गुणस्तरिय सेवा सुविधा प्रदान गरिने जनाएको छ । आब २०८१/०८२ मा होटलले थप ४८ वटा सुविधा सम्पन्न कोठाहरु थप गरी १४७ वटा पुर््याउनुका साथै रुफटप स्वीमिङ पुल, जीम क्लबलगायत लाउन्ज बार समते सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्षले जानकारी दिएका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                