सोमबार, असार २,२०८२ 02:19:51
  • सोमबार, असार २,२०८२ 02:19:51
Global IME Bank Limited

विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका

Hyundai Nepal
विनोद चौधरीको होटलमा बसेर तयार गरिएको थियो कांग्रेस–एमालेबीचको सहमतिको खाका
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेस र एमालेबीच गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको छ । सहमतिलाई मूर्त रुप दिन केहीबेरपछि भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।  

कांग्रेस र एमालेबीच विभिन्न विषयमा सहमति हुँदैछ । सहमतिको मस्यौदा तयार भइसकेको छ ।  

स्रोतहरुका अनुसार सहमतिको मस्यौदा एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेत रमेश लेखक मिलेर तयार पारेका हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई सम्वादमा ल्याउनेदेखि अहिले प्रचण्ड नेतृत्वको सरकार ढाली नयाँ गठबन्धन निर्माणको आधारशीला तयार गर्ने काममा पनि पोखरेल र लेखकको विशेष भूमिका रहेको छ ।  

पोखरेल र लेखक दिउँसोदेखि नै सहमतिको मस्यौदा तयारीमा लागेका थिए । उनीहरु साँझदेखि भने मस्यौदालाई फाइनल गर्न भन्दै झम्सीखेलस्थित विनोद चौधरीको होटल भिभान्तामा पुगेका थिए ।  

कांगे्रस र एमालेबीचको सहमतिको खाका कांग्रेसका सांसद समेत रहेका उद्योगपति विनोद चौधरीको होटलको कोठामा बसेर लेखिएको रोचक तथ्य जानकारीमा आएको हो ।  

तयार भएको मस्यौदा लिएर लेखकसहितका नेताहरु बुढानिलकण्ठस्थित देउवा निवास पुगेर अहिले हस्ताक्षरका लागि ओली निवास आउने तयारीमा लागेका छन् ।  

बालकोटस्थित ओली निवासमा समेत एमाले नेताहरुको आगमन बढ्न थालेको छ ।  

कांग्रेस र एमालेबीच संविधानका कतिपय प्रावधानहरु संसोधन गरेर जानेदेखि सत्ता सहकार्यसम्मको सहमति बनेको छ ।  

प्रतिनिधिसभाको बाँकी रहेको कार्यकालमध्ये आधा समय एमाले र आधा कांग्रेसले सरकारको नेतृत्व गर्नेछन् । सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् ।  

आजै सहमतिको हस्ताक्षर भएको खण्डमा मंगलबार नै नयाँ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीको सपथ हुनसक्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.