काठमाण्डौ । साता कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ समूहमा उत्पादन तथा प्रशोधन उपसूचक बाहेक सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै सूचक घटेका छन् । जीवन बीमा समूह १.३६ प्रतिशत र निर्जीवन बीमा समूह १.०६ प्रतिशतले घटेको छ ।
बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्स, एलआइसी नेपाल र राष्ट्रिय बीमा कम्पनी बाहेक सबैको सेयरभाउ घटेको छ । हिमालयन रि को सेयरभाउ ०.७० प्रतिशतले बढेर ७१४ रुपैयाँ ६० पैसा र आरबिसिएलको ०.०१ प्रतिशतले बढेर १४ हजार रुपैयाँ पुगेको छ । साथै एलआइसी नेपालको ०.१६ प्रतिशतले बढेर १४०३ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.८९ प्रतिशतले घटेर ५३८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको २.६५ प्रतिशत, रिलायबल नेपाल लाइफको २.२३ प्रतितश, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.२१ प्रतिशत, सुर्यज्योति लाइफको २.१० प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.०४ प्रतिशत, हिमालयन लाइफको २.०२ प्रतिशत, सन नेपाल लाइफको १.९५ प्रतिशत, आइएमई लाइफको १.२६ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.२० प्रतिशत र सलिकोको १.१८ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.१६ प्रतिशत, नेकोको १.०८ प्रतिशत, नेशनल लाइफको १.०२ प्रतिशत, एशियन लाइफको १ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९९ प्रतिशत, नेपाल लाइफको ०.९० प्रतिशत, सानिमा जिआइसीको ०.७५ प्रतिशत, सिटिजन लाइफको ०.७० प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५६ प्रतिशत र एनएलजीको ०.४९ प्रतिशतले सेयरभाउ घटेको छ ।
बीमा कम्पनीमा आज हिमालयन रि, नेपाल रि र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । हिमालयन रिको ६३ करोड ८७ लाख, नेपाल रि को १९ करोड ८९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                