सोमबार, असार २,२०८२ 08:45:50
  • सोमबार, असार २,२०८२ 08:45:50
Global IME Bank Limited

एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालको सहकार्यमा काठमाण्डौका २ विद्यालयबाट बाबा परियोजना सुरु

Hyundai Nepal
एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालको सहकार्यमा काठमाण्डौका २ विद्यालयबाट बाबा परियोजना सुरु
Nabil Bank Limited

काठमाण्डौ । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाण्डौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ । काठमाण्डौ महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।

काठमाण्डौ महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ ।  

परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनःप्रयोग, अपसाइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविधविषयहरुको ज्ञान प्रदान गरिनेछ । उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उदेश्य हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक,नविन विकास महर्जनले बाबा परियोजना बारे जानकारी दिए । परियोजनाकी संयोजक, समिक्षा भट्टराईले कार्यक्रमको उदेश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा चर्चा गरिन् ।

यो परियोजनालाई कामनपा–२२ मा रहेको हिमालय मावि र कामनपा–१२ मा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.