काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु् पर्नेछ ।