मंगलवार, असार ३,२०८२ 04:51:01
  • मंगलवार, असार ३,२०८२ 04:51:01
Global IME Bank Limited

अपर तामाकोशीको अन्तिम बाँडफाँड बिहीबार हुने, कहिलेसम्म होला बाँडफाँडमा नपरेको पैसा फिर्ता ?

Hyundai Nepal
अपर तामाकोशीको अन्तिम बाँडफाँड बिहीबार हुने, कहिलेसम्म होला बाँडफाँडमा नपरेको पैसा फिर्ता ?
Nabil Bank Limited

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको सेयरको अन्तिम बाँडफाँड बिहीबार हुने भएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र(गोप्य शिल्ड टेन्डर) गत माघ ५ गते खोलिएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

करिब १२ दिन पहिले नै बोलपत्र खोलिएको भएता पनि सबै बोलपत्रलाई कम्प्युटर प्रणालीमा राख्नु पर्ने भएकोले बिहीबारसम्म अन्तिम बाँडफाँड हुने भएको हो ।  

मुख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजी बजार बिभागका उप-कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले दिएको जानकारी अनुसार यससम्बन्धि सम्पूर्ण कार्य आज साँझसम्म सकिनेछ ।  

घिमिेरेले बिहीबारसम्म अन्तिम बाँडफाँड हुने जानकारी दिए । अन्तिम बाँडफाँडमा कट अफ मूल्य १४६ हुने तर १४६ मा हालेका सबैले भने सेयर नपाउने उनले जानकारी दिए । उनका अनुसार बोलपत्रमा १४७ रुपैयाँ सम्म आबेदन हालेका सबैले सेयर पाउने छन् । बाँडफाँडमा नपरेको पैसा एक साता भित्र फिर्ता हुने पनि घिमिरेले जानकारी दिए ।  

कम्पनीको हकप्रद सेयर बाँडफाँडपश्चात बाँकी रहेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म बोलकबोलमार्फत बिक्रीमा राखिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.