आईतवार, फाल्गुन ११,२०८१ 11:16:15
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:16:15
IME remit
Global IME Bank Limited

मूल्य बढेको फाइदा उठाउँदै अमेजनको २.५० करोड कित्ता सेयर बिक्री गर्दे जेफ बेजोस

Hyundai Nepal
मूल्य बढेको फाइदा उठाउँदै अमेजनको २.५० करोड कित्ता सेयर बिक्री गर्दे जेफ बेजोस
Nabil Bank Limited

काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले पुनः२ करोड ५० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । बुधबार कम्पनीको सेयरमूल्य हालसम्मकै उच्च कायम भएपछि बेजोसले अमेजनको ५ बिलियन डलर मुल्यबराबरको २.५० करोड कित्ता सेयर बिक्री गर्ने घोषणा गरेका हुन् ।  

यसअघि गत फेब्रुअरीमा बेजोसले ८.५ बिलियन डलर मूल्यबराबरको सेयर बिक्री गर्ने घोषणा गरेका थिए । त्यसबेला बेजोसले सन् २०२१ पछि पहिलोपटक कम्पनीको सेयर बिक्री गरेका थिए । कम्पनीले क्लाउड कम्प्युटिङ व्यवसायमा हात हालेकाले एआई प्रविधिले आम्दानीमा उछाल आउने लगानीकर्ताको विश्वासका कारण कम्पनीको सेयरमूल्य यो वर्ष ३० प्रतिशतले वृद्धि भईसकेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

गत महिना कम्पनीको बजार पूँजीकरण पहिलोपटक २ ट्रिलियन  डलर पुगेको थियो । तर कम्पनीको बजार पूँजीकरण अझै पनि अन्य प्रविधि कम्पनी जस्तै एनभिडिया, एप्पल र माइक्रोसफ्टको तुलनामा भने कम नै हो । यी सबै कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ ।  

गत अप्रिलमा सार्वजनिक भएको त्रैमासिक प्रतिवेदनमा कम्पनीको आम्दानीमा उछाल आएको थियो । यसले कम्पनीले एआई क्षेत्रमा खेलेको दाउले प्रतिफल दिईरकेको संकेत गरेको छ ।  

बेजोफले सन् २०२१ मा कम्पनीको प्रमुख कार्यकारी पद छाडेका थिए । अहिले उनी कार्यकारी अध्यक्ष र सबेभन्दा ठूलो सेयरधनीको रुपमा रहेका छन् ।  

बेजोसले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.