सोमबार, असार २,२०८२ 01:01:19
  • सोमबार, असार २,२०८२ 01:01:19
Global IME Bank Limited

स्काईवेलले नक्सालमा शोरुम खोल्ने, ‘सबैभन्दा बढी रेञ्ज दिने इभी’

Hyundai Nepal
स्काईवेलले नक्सालमा शोरुम खोल्ने, ‘सबैभन्दा बढी रेञ्ज दिने इभी’
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा उपलब्धमध्ये ‘इभी एसयूभी’मध्ये सबैभन्दा बढी रेञ्ज दिने प्रिमियम सेगमेन्टको इभी स्काइवेलको शोरुम नक्सालमा पनि खुल्ने भएको छ ।  

स्काइवेलको नेपालका लागि आधिकारिक बितरक जी मोटर्सका एक अधिकारीकाअनुसार नक्सालको नारायणचौरमा कम्पनीले शोरुम सञ्चालनको तयारी गरेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ढिलोमा २ साताभित्र नक्सालमा स्काईवेलको शोरुम सञ्चालनमा ल्याउने गरी काम भइरहेको स्रोतको भनाई छ ।  

यसअघि कम्पनीको भक्तपुरस्थित राधे राधेमा शोरुम सञ्चालनमा आइसकेको छ । काठमाण्डौबाहिर समेत केही मुख्य स्थानमा कम्पनीको शोरुम छन् ।  

हाल नेपाली बजारमा उपलब्ध इभीमध्ये सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेलको इटी फाइभ मोडल मात्र हो । रेञ्ज र अत्याधुनिक तथा आकर्षक फिचर्सका कारण नेपाल आएको छोटो समयमै यो इभीले प्रिमियम सेगमेन्टका ग्राहकको ध्यान तान्ने सफलता पाइसकेको छ ।  

स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ ।  

कम्पनीले यसको नेपाली मूल्य १ करोड ९ लाख रुपैयाँ राखेर बिक्री गरिरहेको छ ।  

कम्पनीका अनुसार सो एसयूभी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेका कारण अरुभन्दा विशेष छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.