बुधबार, माघ ९,२०८१ 09:36:46
IME remit
  • बुधबार, माघ ९,२०८१ 09:36:46
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ

Hyundai Nepal
रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसरी ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीको सञ्चालन मुनाफा पनि ६७.७७ प्रतिशतले घट्दै ३९ करोड ९७ लाख रुपैयाँमा सीमित बनेको छ । 

कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब २१ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन असार मसान्तको  तुलनामा ३० प्रतिशतले कम हो । असार मसान्तसम्म कम्पनीले १० अर्ब ५८ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड १४ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ८० करोड रुपैयाँ र कुल चालु दायित्व ३ अर्ब ८० करोड रुपैयाँबराबर रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ९७.१७ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म ५४.३४ रुपैयाँ रहेको कम्पनीको ईपीएस चालु आवको तेस्रो त्रैमाससम्म २.०८ रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले आगामी असार २७ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.