काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी सेयर बजार नास्डक र एस एण्ड पी ५०० ले हालसम्मकै उच्च विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेका हुन् ।
आगामी सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गर्ने सक्ने सम्भावना बलियो बनेपछि अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो । मेगास्टक माइक्रोसफ्टसको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै मेगा प्लेटफर्मको सेयरमूल्य ५.९ प्रतिशतले बढेर अल टाइम हाई क्लोजिङमा पुगेको छ ।
उता एस एण्ड पी ५०० कम्युनिकेशन सर्भिसेसको मूल्य पनि सन् २००० पछिकै उच्च पुगेको छ ।
डाउ जोन्स इन्डष्ट्रियल एभरेज ०.१७ प्रतिशत(६७.८७ अंक)ले बढेको छ । एस एण्ड पी ५०० ३०.१७ अंक र नास्डक कम्पोजिट १६४.४६ अंकले बढेको छ ।