काठमाण्डौ । भारतको सेयर बजारमा स्थानिय लगानीकर्ताको दबदवा बढ्न थालेको छ । भारतमा दिल्ली,मुम्बई जस्ता ठूला शहरका अलावा जयपुर,इन्दौर, राजकोट,पुणे,हैदराबाद, जस्ता शहरहरुमा घरेलु लगानीकर्ताको नयाँ हटस्पट बनेका हुन् ।
भारतको सेयर बजार बीएसएक्स र एनएसईको तथ्यांकअनुसार वार्षिक रुपमा बिहार,उत्तर प्रदेश,पश्चिम बंगाल,मध्य प्रदेश र राजस्थानमा सबैभन्दा धेरै रिटेल लगानीकर्ता बढेका छन् । सबैभन्दा धेरै लगानीकर्ता हुनेमा बिहार पनि शीर्ष १० को रुपमा उदाएको छ ।
भारतमा सबैभन्दा धेरै लगानीकर्ता धेरै महाराष्ट्र राज्यमा छन् । यो राज्यमा ३.३४ करोड रिटेल लगानीकर्ता छन् । यस्तै दोस्रो स्थानमा भने यूपी रहेको छ । यूपीमा १.९६ करोड लगानीकर्ता सक्रिय छन् ।
गुजरातमा १.६७ करोड,राजस्थानमा १.०७ करोड,पश्चिम बंगालमा १.०१ करोड,कर्नाटकमा ९६.२ लाख,मध्य प्रदेशमा ९४ लाख, तमिलनाडूमा ८६.६ लाख र बिहारमा ७१.९ लाख लगानीकर्ता रहेका छन् । वार्षिक रुपमा ििबहारमा सबैभन्दा धेरै लगानीकर्ता थपिएका छन् । एक वर्षको अवधिमा बिहारमा ४९ प्रतिशत नयाँ लगानीकर्ता थपिएका छन् । उत्तर प्रदेशमा ४७ र पश्चिम बंगालमा ३९ प्रतिशत थपिएका छन् ।
यतिबेला भारतको प्रमुख शहरहरुमा नयाँ लगानीकर्ताको संख्या तीव्र रुपमा बढीरहेको छ । भारतका ब्रोकर कम्पनीहरुले पनि साना–साना शहरहरुमा नयाँ ग्राहक खोज्ने क्रम बढाएका छन् । धेरै जसो लगानीकर्ताले फ्युचर फण्ड अप्शनमा लगानी गरिरहेको भारतीय मिडियाले जनाएका छन् । -एजेन्सी