काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ्गलाई पुनःपुष्टि गरेको छ । इक्राले कम्पनीलाई प्रदान गरेको ICRANP-IR] BB+ निष्कासनकर्ता रेटिङ्गलाई पुनःपुष्टि गरेको हो ।
उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र
भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले जनाएको छ ।