काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४४.१७ रुपैयाँ र बिक्रीदर १४४.८२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.७६ रुपैयाँ र बिक्रीदर ९०.१७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२७ रुपैयाँ र बिक्रीदर ८.३१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.५६ रुपैयाँ र बिक्रीदर ४३७.५२ रुपैयाँ कायम भएको छ ।