सोमबार, फाल्गुन १२,२०८१ 05:15:01
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 05:15:01
IME remit
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता

Hyundai Nepal
नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिजबीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता
Nabil Bank Limited

काठमाण्डौ नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि र आर्कबो टेक्नोलोजिज प्रालि (आइटी कम्पनी) बीच व्यापारिक साझेदारीसम्बन्धी सम्झौता भएको छ। यो सम्झौता नेक्सजेन म्यानेजमेन्टको मैतिदेविस्थित कर्पोरेट कार्यालयमा असार २४ गते सम्पन्न भएको हो।  

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक तथा सञ्चालक भुषण गिरिले हस्ताक्षर गरे। सम्झौतापश्चात आर्कबो टेक्नोलोजिजको व्यापारिक साझेदारको रूपमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले काम गर्नेछ। यस सम्झौताले नेपाली बजारमा नवीन प्रविधिहरू र उच्चस्तरीय सेवाहरूको पहुँचलाई अझ फराकिलो बनाउने विश्वास गरिएको छ।

आर्कबो टेक्नोलोजिज लामो समय सूचना तथा प्रविधि क्षेत्रमा अनुभव भएका व्यक्तिहरूद्वारा प्रबर्द्धित तथा सञ्चालित आइटी कम्पनी हो। जसले बजारको वर्तमान तथा भविष्यको आवश्यकता पुरा गर्न योग्य, स्केलेबल र स्वचालित प्रणाली विकास, सञ्चालन तथा प्रबर्द्धन गर्दछ। हाल कम्पनीले Strategic People Management System, Office Automation System, Learning and Management System, People Development, Online Examination System जस्ता चर्चित कम्प्युटर सिष्टम विकास, प्रबर्द्धन र सञ्चालन गरिरहेको छ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

आर्कबो टेक्नोलोजिजले आवश्यक सफ्टवेयर विकास गर्ने र नेक्सजेन म्यानेजमेन्टले त्यसको बजारीकरण गर्ने गरि दुबै कम्पनीबीच साझेदारी भएको आर्कबो टेक्नोलोजिजका सञ्चालक भुषण गिरीले बताए । सम्झौताअनुसार, नेक्सजेन म्यानेजमेन्टलेअब नेपालभर ARKBO Technologies को सुचना प्रविधि सम्बन्धी प्रोडक्टहरूको पहुँच र प्रयोगलार्इ ब्यापकता दिन रणनितिक साझेदारी र सहयोग गर्नेछ। 

पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले सञ्चालनको छोटो अवधिमा लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ। नेक्सजेनले नेपालभित्र पनि विभिन्न कम्पनीहरुसँग सम्झौता गरि नयाँ कम्पनी स्थापना, सञ्चालित कम्पनीलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उध्योग र बैंकर बीचको समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.