काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ रहेको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम थियो । आज एक यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४४.१७ रुपैयाँ र बिक्रीदर १४४.८२ रुपैयाँ निर्धारण भएको थियो । आज एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८० रुपैयाँ र बिक्रीदर १७१.५७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२६ रुपैयाँ र बिक्रीदर ८.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३३ रुपैयाँ र बिक्रीदर १८.४१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३७ रुपैयाँ र बिक्रीदर २८.४९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.७२ रुपैयाँ र बिक्रीदर ४३७.६८ रुपैयाँ कायम भएको छ ।