काठमाण्डौ । जापानको सेयर बजारले पुनः नयाँ उचाई हासिल गरेको छ । जापानको सेयर बजार इन्डेक्स निक्की२२५ पहिलोपटक ४२ हजार विन्दु पुग्दै नयाँ उचाईमा पुगेको हो ।
आज निक्की२२५ १.०७ प्रतिशत अर्थात ४४९ अंकले बढ्दै ४२ हजार २८१ विन्दुमा पुगेको छ । टेक्नोलोजी कम्पनीहरुको सेयरमूल्यमा आएको उछालले निक्की२२५लाई टेवा पुर्याएको छ ।
यस्तै आज टोपिक्स पनि ०.७ प्रतिशतले बढेर नयाँ उचाईमा पुगेको छ । एक वर्षमा जापानको कोर मेशिनरी सामाग्रीको माग १०.८ प्रतिशतले वृद्धि भएको छ । माग आएको वृद्धिका कारण कम्पनीहरुको मुनाफामा सुधार देखिएको छ । जसका कारण लगानीकर्ताहरुको मनोबल बलियो बनेको छ ।
भारतमा जापनिज अटो निर्माता कम्पनी टोयोटाको बिक्री उल्लेख्य वृद्धि भएको छ । भारतको उत्तर प्रदेश सरकारले करमा कटौती गरेपछि त्यहाँ टोयोटाको गाडीहरु १० प्रतिशत सस्तो भएका छन् । यसका साथै अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गर्न सक्ने कटौतिको सम्भावनाले समेत जापानको सेयर बजारको वृद्धिलाई साथ दिईरहेको छ ।