काठमाण्डौ । आज सेयर बजारमा लामो समयपछि २२ सय विन्दुमाथि उच्च कारोबार र भोल्युमसहित बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा ग्याप अप ओपनिङसहित बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।
बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बोेलिङ्गर ब्याण्डको अपर ब्याण्डसँगै बजार चलेको छ । यसअघि नै बजार डेली बेसमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामालामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७५ पुगेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार अप ट्रेन्डमा चलेको देखिन्छ ।
मनी फ्लो इन्डेक्समा पनि बजार ७६ को तहमा पुगेको छ । बजारलाई पिभट् मार्फत नियाल्दा आज तेस्रो प्रतिरोध २२०२ विन्दुभन्दा माथि बन्द भएको बजारले अबको नजिकको प्रतिरोध २२३६ र २२७० विन्दु आसपास गर्न सक्छ । त्यसैगरि, घटेमा भने बजारले २१५० विन्दु आसपास बलियो सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।