काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४० रुपैयाँ र बिक्रीदर १३४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम थियो । आज यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ रहेको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६ रुपैयाँ निर्धारण भएको थियो । आज एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७३ रुपैयाँ र बिक्रीदर १७२.५० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.१० रुपैयाँ र बिक्रीदर ९०.५० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२६ रुपैयाँ र बिक्रीदर ८.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४६ रुपैयाँ र बिक्रीदर २८.५९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५८ रुपैयाँ र बिक्रीदर ३६.७५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.९५ रुपैयाँ र बिक्रीदर ४३७.९१ रुपैयाँ कायम भएको छ ।