बुधबार, भाद्र ३,२०८३ 10:54:59
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 10:54:59
Bizshala
Global IME Bank Limited

मुद्रास्फितिलाई नियन्त्रणमा राख्न समानान्तर विनियम बजारमा अमेरिकी डलर बिक्री गर्दै अर्जेन्टीना

मुद्रास्फितिलाई नियन्त्रणमा राख्न समानान्तर विनियम बजारमा अमेरिकी डलर बिक्री गर्दै अर्जेन्टीना
New Office

काठमाण्डौ । अर्जेन्टीनाको केन्द्रीय बैंकले मुद्रास्फितिको समस्यासँग जुध्न र देशको नगद आपूर्तिलाई फ्रिज गर्न समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गर्ने भएको छ ।  

अर्जेन्टीनाको आर्थिक मन्त्री लुईस कापुटोले आफ्नो एक्स अकाउन्टमार्फत नयाँ रणनीतिबारे जानकारी दिएका हुन् । उनले यो नयाँ रणनीतिलाई बढ्दो महङ्गीलाई घटाउने प्रक्रियाका रुपमा व्याख्या गरेका छन् । उनले सोमबारदेखि समानान्तर विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलर बिक्री गरिने बताएका छन् ।  

‘अहिले अर्जेन्टीनामा कुनै पनि माध्यमबाट नयाँ नोट निष्कासन भएको छैन । यो एउटा ऐतिहासिक कार्य हो,’कापुटोले एउटा रेडियो अन्तर्वार्तमा भने,‘हामी मुद्रास्फितीलाई केहि सानो अंकले पराजित गर्दै छौं’ ।  

Bizshala
CG Motors

विगत ५ महिनादेखि निरन्तर घटिरहेको मुद्रास्फिती जुन महिनामा भने केहि बढेको रिपोर्ट सार्वजनिक भएसँगै यो नयाँ घोषणा भएको हो । अर्जेन्टीना सरकारले लिने भनिएको नयाँ रणानीतिको उदेश्य देशको नगद आपूर्ति स्थिर राख्नु, मुद्रास्फिती तल झार्नु र अर्जेन्टीनाको आधिकारिक र समानान्तर विनियमदरको अन्तर घटाउनु रहेको जनाइएको छ ।  

गत शुक्रबार एक अमेरिकी डलरको आधिकारिक विनियमदर ९१९.५ पेसो(अर्जेन्टीनाको मुद्रा)कायम भएको छ भने समानान्तर विनियम बजार‘सीसीएल’मा भने १ हजार ४१६.२ पेसो कायम छ ।  

अर्जेन्टीनाको राष्ट्रपतिमा जेभियर मिली निर्वाचित भएसँगै अर्जेन्टीनाको बढ्दो मुद्रास्फितीमा नाटकीय कमी आएको छ । गत डिसेम्बर महिनामा २५.५ प्रतिशत रहेको अर्जेन्टीनाको मुद्रास्फितीदर मे महिनामा भने ४.२ प्रतिशतमा सीमित बनेको छ । जुन महिनामा भने यो ४.६ प्रतिशत कायम छ । -एजेन्सी     

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.