आईतवार, असार १,२०८२ 08:20:33
  • आईतवार, असार १,२०८२ 08:20:33
Global IME Bank Limited

सीआईटीको साधारण सभा आज बस्दै, लाभांशको प्रस्ताव पारित गरिने

Hyundai Nepal
सीआईटीको साधारण सभा आज बस्दै, लाभांशको प्रस्ताव पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कोषको २९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा आज काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्दैछ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९÷८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १÷१ जना प्रतिनिधि नियुक्त गर्ने  प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले गत असार २० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.