• बिहीबार, भाद्र २६,२०८२ 04:13:31
Global IME Bank Limited

एक दशकमा एनभिडियाको बजार पूँजीकरण अमेरिकी सेयर बजारको भन्दा बढी पुग्ने

Hyundai Nepal
एक दशकमा एनभिडियाको बजार पूँजीकरण अमेरिकी सेयर बजारको भन्दा बढी पुग्ने

काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एनभिडियाको बजार पूँजीकरण अबको १ दशकमा ५० ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । प्राविधिक सेक्टरका दिग्गज लगानीकर्ता जेम्स एन्डरसनले यस्तो बताएका हुन् ।  

एन्डरसनले एनभिडियाको बजार पूँजीकरण अबको १० वर्षमा अमेरिकी सेयर बजार एस एण्ड पी५००(४७ ट्रिलियन डलर)को भन्दा बढी हुने दाबी गरेका  हुन् ।  

एआई चिप्स बनाउने एनभिडियाले एआई क्षेत्रमा एकाधिकार जमाईरहेको छ । कम्पनीले ओपन एआई र च्याट जीपीटी जस्ता चर्चित एआई टुल्स विकास गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो वर्ष कम्पनीको सेयरमूल्य १६२ प्रतिशतले वृद्धि भईसकेको छ । अहिले कम्पनीको बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी छ । जुन कम्पनीको सन् २०१८ मा रहेको बजार पूँजीकरणको तुलनामा २० गुणा बढी हो । सन् २०१८ मा कम्पनीको बजार पूँजीकरण १५० मिलियन डलर मात्रै थियो ।  

कम्पनीले गत जुन महिनामा माइक्रोसफ्ट र एप्पललाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो ।  

जेम्स एन्डरसनले ४ दशकभन्दा लामो समय स्कटीस लगानी कम्पनीमा काम गरेका छन् । उनले सन् २०१६ मा एनभिडियाको सेयर खरिद गरेर प्राविधिक कम्पनीको स्टारका रुपमा देखा परेका छन् । -एजेन्सी   

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.