काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४५.६२ रुपैयाँ र बिक्रीदर १४६.२७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.१९ रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.४६ रुपैयाँ र बिक्रीदर ९०.८७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४५ रुपैयाँ र बिक्रीदर ८.४९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३४ रुपैयाँ र बिक्रीदर ३६.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३८ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.५७ रुपैयाँ र बिक्रीदर २८.७० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६० रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.६६ रुपैयाँ र बिक्रीदर ४३८.६२ रुपैयाँ कायम भएको छ ।