बुधबार, फाल्गुन ६,२०८२ 02:21:16
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:21:16
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ प्याट्रन, प्राविधिक रुपमा अबको बजार कस्तो ?

नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ प्याट्रन, प्राविधिक रुपमा अबको बजार  कस्तो ?
Shivam Cement

काठमाण्डौ । अघिल्लो दिन ओरालो लागेको सेयर बजारमा आज ७० अंकले बढेर २३१० विन्दुमा बन्द भएको छ । योसँगै अघिल्लो कारोबारमा बनेको शुटिङ स्टार आज इन्भ्यालिड बनेको छ । 

यदि बजार आज २२३२ विन्दुभन्दा तल झर्यो भने अघिल्लो दिन बनको शुटिङ स्टार आज भ्यालिड हुने थियो । तर यस विपरित आज बजार शुटिङ स्टारको उच्च विन्दु २२९० विन्दुभन्दा माथि लागेर आज बजारले इन्ट्री कन्फर्मेसन दिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा आज बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ । बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाइभन्दा लामो) अर्को मैनबत्ती बनेमा बुलिस इन्गल्फिङ भनिन्छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

यसविपरीत यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको राता क्यान्डलले पुरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनिन्छ ।  

पिभट् मार्फत आजको बजारलाई नियाल्दा बजारले अबको तेस्रो प्रतिरोध २३१६ , चौथो प्रतिरोध बजारले २३७२ र पाँचौ प्रतिरोध बजारले २४२८ विन्दुमा सामाना गर्न सक्छ । यस विपरित यदि बजार घटेमा क्रमशः बजारले २२६०,२२३२ र २२०० विन्दुमा सपोर्ट लिने छ ।  

नोटः सेयर बजार जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.