काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४४ रुपैयाँ र बिक्रीदर १३४.०४ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४५.४० रुपैयाँ र बिक्रीदर १४६.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.९६ रुपैयाँ र बिक्रीदर १७३.७४ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.९४ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४२ रुपैयाँ र बिक्रीदर ८.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.४८ रुपैयाँ र बिक्रीदर ४३८.४४ रुपैयाँ कायम भएको छ ।